महेन्द्रनगर/ ‘प्रहरीले यस घटनाको अनुसन्धानमा केहि बिगारेको छ, यस घटनामा संलग्न जो कोहि भएपनि कानुनी दायरामा ल्याउँछौं।’ निर्मला पन्तको बलात्कार र हत्या भएको घटनाको अनुसन्धानमा प्रहरीले नै केहि त्रुटी गरेको आइजिपी सर्वेन्द्र खनालले जनाएका छन्।
महेन्द्रनगरमा आयोजित ‘महिला हिंसा न्युनिकरण, मानवअधिकारको संरक्षण एवम् सुरक्षा स् नेपाल प्रहरीको जवाफदेहिता’ बिषयक राष्ट्रिय अभियान कार्यक्रममा आइजिपी खनालले कुनै निर्दोष व्यक्तिलाई यस घटनामा यातना दिएर सकार्न नलगाइने जनाउँदै नालायक प्रहरीले सम्पूर्ण संगठनलार्इ नै बदनाम बनाएको जानकरी दिए ।
कार्यक्रममा आइजिपी खनालले आफ्नो सेवाकालको दुखद घटनाका रुपमा यसलाई लिँदै भने, ‘बहुतै दुःखी छु। प्रहरी संगठनप्रति अहिलेसम्म यस्तो आरोप लागेको थिएन’, आइजिपी खनालले थपे, ‘उच्चस्तरीय छानविन टोलीले समेत यस घटनाको अनुसन्धान गरिराखेको छ। अनुसन्धान टोलीलाई सबैले सहयोग गर्नुहोस्।
यो घटनामा संलग्न आफ्नै संगठनको जो कोहि भएपनि त्यसलार्इ कारबाही हुने उनले जनाउँदै कुनै निर्दोष व्यक्तिलाई यस घटनामा यातना दिएर सकार्न नलगाइने जनाए । आइजिपी खनालले यस घटनामा भिआईपी र भिभिआईपी जो कोहि भएपनि कानुनी कठघरामा उभ्याउने जनाउँदै हिंसाका घटनाको समाधान मिलापत्र मार्फत खोज्न नहुने जनाए ।
आइजिपी खनालले नालायक प्रहरीले सम्पुर्ण संगठनलार्इ नै बदनाम बनाएको जनाए । हिंसाका घटनाको समाधान मिलापत्र मार्फत खोज्न नहुने बताउँदै उनले यस घटनामा भिआईपी र भिभिआईपी जो कोहि भएपनि कानुनी कठघरामा उभ्याउने जनाए ।
साउन १० गते साथी रोशनी बमको घर दिउँसो गृहकार्य गर्न गएकी निर्मला वेपत्ता भएकी थिईन्। बमको घरको केहि पर भिमदत्त नगरपालिका १९ बागफाँटाको उखुबारीमा दोस्रोदिन उनको शव फेला परेको थियो।


















