एनजीओको एउटै कार्यक्रममा ८ मन्त्री

103

जनकपुर/ जनकपुरमा बिहीबार ग्रामीण पुनर्निर्माण नेपाल नामक गैरसरकारी संस्थाद्वारा यहाँको सुविधा सम्पन्न होटल मसला कटेजमा आयोजित प्रगति समीक्षा कार्यक्रममा मन्त्रीहरुको ताँती नै लागेको थियो ।

त्यसमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नवलकिशोर साह, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव, राज्यमन्त्रीहरू सरोज सिंह कुसवाह, डिम्पलकुमारी झा, अभिराम शर्मा र योगेन्द्र यादवसहित ८ मन्त्री सहभागी थिए ।

बेलायत सरकारको आर्थिक सहयोगमा ग्रामिण पुनर्निर्माण नेपालद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रमको प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री राउत लगायत मन्त्रीहरू सहभागी भएका हुन् ।

प्रदेश २ को विभिन्न जिल्लामा कार्यरत गैरसरकरी संस्थाहरूले जुनसुकै कार्यक्रम आयोजना गर्दा सकेसम्म केन्द्र सरकारका मन्त्री, त्यसपछि मुख्यमन्त्री, मन्त्री र सांसदलाई कार्यक्रममा बोलाउने गर्छन् । गैरसरकारी संस्थाले बोलाएको कार्यक्रममा मन्त्रीहरू सजिलै जान्छन्, भोज खान्छन्, भाषण गर्छन् र फर्किन्छन् ।

प्रदेश सरकार गठन भएको ६ महिना वितिसक्दा पनि प्रदेशको नामकरण, सरकारी कामकाजको भाषा र स्थायी राजधानी जस्ता महत्वपूर्ण विषयमाथि गम्भिर छलफल समेत हुन नसकेको अवस्थामा मन्त्रीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको कार्यक्रममा सहभागी हुन आम नागरिक मात्र होइन कि सत्ता साझेदार दलका शीर्ष नेताहरू समेत असन्तुष्ट छन् ।

सङ्घीय समाजवादी फोरम प्रदेश २ का मुख्यसचिव शम्भु झाले गैर सरकारी संस्थाको कार्यक्रममा मन्त्रीहरूको ‘जमघट’ बाट आम जनतामा नराम्रो सन्देश गएको जनाए ।

राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य बृषेशचन्द्र लाल यद्यपि यस विषयमा औपचारिक प्रतिक्रिया दिन मानेनन् । उनले यतिमात्रै भने, ‘प्रदेशमा धेरै काम गर्न बाँकी छन्, मन्त्रीजीहरू समय बर्बाद गर्नुभन्दा पनि काममा केन्द्रित हुँदा राम्रो होला ।’

सम्बन्धित मन्त्री र राज्यमन्त्री पुगे भइहाल्यो वा निकै महत्वपूर्ण कार्यक्रम छ भने मुख्यमन्त्री उपस्थित भए राम्रो हुन्छ, हामीले समय र सिमा बारे सोच्ने कि ?’ त्यसपछि राज्यमन्त्री मण्डलले उक्त कार्यक्रममा आफूलाई पनि निम्तो दिइएपनि मन्त्रीहरूको नामावली सुनेर नगएको कान्तिपुरमा  प्रतिक्रिया दिए ।

मुख्यमन्त्रीसहित ८ जना मन्त्री उपस्थित कार्यक्रममा मन्तव्य भने मुख्यमन्त्री लालबाबु राउतले मात्र दिएका थिए । मुख्यमन्त्री राउतले मन्तव्यमा प्रदेश नं २ विकास निर्माणमा पछि परेकोले दातृनिकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसित भौतिक पूर्वाधार निर्माणमा लगानी गरिदिन आग्रह गरे । ठूलठूला होटलमा तालिम, गोष्ठी, भ्रमण लगायत गरिब, विपन्न वर्गको उत्थान गरेको प्रतिवेदन दातृनिकायलाई बुझाएर ठग्ने एनजीओहरूलाई प्रदेश २ मा सहमति नदिने चेतावनी मुख्यमन्त्री राउतले दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here