पत्रकार गिरफ्तारीबारे गृहमन्त्री बादलको बयान

234

काठमाडौं/ पत्रकार राजु बस्नेतलाई पक्राउ गरेको विषयमा कानुन बमोजिम नै पक्राउ गरिएको गृहमन्त्री रामबहादुर थापा बादलले जनाएका छन् ।

गृहमन्त्री थापाले राष्ट्रिय सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै आदेश दिएर उनलाई पक्राउ गरिएको होइन, बस्नेतका विरुद्धमा सम्बन्धित निकायमा उजुरी परेपछि ति निकायले नै कानुन बमोजिम बस्नेतलाई पक्राउ गरिएको जनाए ।

सदनमा गृहमन्त्री थापाले पत्रकारलाई हत्कडि लगायो भन्ने खालको कुरामा आफ्नो पनि ध्यानाकर्षण भएको र त्यसबारेमा सम्बन्धित निकायलाई अवगत गराउँदा कानुन बमोजिम नै आफूहरुले काम गरेको भन्ने जवाफ आएको जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here