काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप साउन २१ गते देखि

161

काठमाडौं / काठमाडौं ब्याडमिन्टन संघ र प्याब्सनको संयुुक्त आयोजनामा विद्यालय स्तरीय ब्याडमिन्टन च्याम्पियनसिप अर्को साता हुुने भएको छ । साउन २१ देखि २४ सम्म त्रिभुुवन विश्वविद्यालयको स्मृति हलमा हुुने च्याम्पियनसिपमा यू १२ र यू १४ का बीच प्रतिस्पर्धा हुुनेछ । आयोजकले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको
हो ।

जिल्ला ब्याटमिन्टन संघ र प्याब्सन काठमाडौंको संयुुक्त आयोजनामा हुुन लागेको च्याम्पियनसिपको प्रमुुख उद्देश्य विद्यालय स्तरमा लुुकेर रहेका क्षमतालाई प्रस्फुुटन गर्नु रहेको प्याब्सनका अध्यक्ष हरि श्रेष्ठले जनाए ।

आयोजकले काठमाडौं, भक्तपुुर र ललितपुुर गरी विभिन्न विद्यालयबाट ९ सय खेलाडी सहभागि हुने अनुुमान गरेको छ । च्याम्पियनसिपका अतिरिक्त गेम्स, फ्यान जोन, लाइभ आर्ट, लाइभ इन्टर भ्युु जस्ता कार्यक्रम पनि हुुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here