अमेरिकामा बन्दुकधारीले गोली चलाउँदा चार को मृत्यु

275

अमेरिकाको क्यालिफोर्निया राज्यमा बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार आइतबार साँझ ५ बजेर ४१ मिनेटमा क्यालिफोर्नियाको एक गार्लिक फेस्टिभलमा साँझ बन्दुकधारीले गोली चलाउँदा चार जना मारिएको र १५ जना घाइते भएका प्रहरीले जनाएको छ। मारिनेमध्ये एक जना संदिग्ध बन्दुकधारी पनि छन्।

फेस्टिभलमा आएका गायक ज्याक भ्यान ब्रिनले आक्रमणकारीलाई हरियो लुगामा बन्दुक समातेको देखेको जनाए । ‘कसैले चिच्याउँदै सोधको सुनें, तिमी यस्तो किन गर्दैछौ भनेर सोध्दा आक्रमणकारीले मलाई एकदम रिस उठेको छ भने,’ ब्रिनेले भने।

अर्का प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले फेस्टिभल भइरहेको स्थानबाहिर लगाएको बार काटेर भित्र आएका थिए। मेटल डिटेक्टर र सुरक्षाकर्मीलाई छल्ने उनले त्यसो गरेका थिए। प्रहरीले बन्दुक आक्रमणमा दुईरतीन जनाको संलग्नता हुने सक्ने बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।तिन दिनका लागि सुरू गरिएको फेस्टिभल बन्दुक आक्रमणपछि बन्द भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here