निर्माण व्यवसायीलाई प्रधानमन्त्री ओलीले दिए यस्तो कडा निर्देशन

351

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा काम नगर्ने प्रवृत्तिले मुलुकको हित नगर्ने र आर्थिक समृद्धिका लागिसमेत मार्ग प्रशस्त गर्न नसक्ने जनाएका छन् । नेपाल निर्माण व्यवसायी सङ्गठनले आज आयोजना गरेको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उनले तोकिएको समयसीमाभित्रै विकास निर्माणका काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउने अभिभारा निर्माण व्यवसायीको काँधमा आएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न प्रतिबद्ध भएर लाग्नसमेत निर्माण व्यवसायीलाई सचेत गराएका छन् ।

प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै सरकारले मुलुकको आर्थिक समृद्धिका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने उल्लेख गरेका छन् ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायमा रहेको कमजोरी हटाएर समयमै गुणस्तरीय काम गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

‘सरकारका तर्फबाट कर्मचारी प्रशासनमा रहेको कमजोरी, ऐन कानूनले पारेको प्रभावलगायतका समस्या समाधानका लागि सरकारले सकारात्मक पहल गर्नेछ ।’ दाहालको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here