काठमाडौं । अवैध रुपमा ५० लाख रुपैयाँ बोकेर हिडिरहेको अवस्थामा दुई जना चीनिया नागरिक पक्राउ परेका छन् । GESANGNAMU र JIA-TA नाम गरेका ती चीनिया नागरिकको उमेर ५४ र ५० वर्ष भएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलिले शुक्रबार ४ बजे दुई चीनिया नागरिकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले अवैध रुपमा ५० लाख नेपाली रुपैयाँ बोकेका थिए ।
















