काठमाडौं/ एनआईसी एशिया बैंकले चामत्कारिक सवारी कर्जा योजना सार्वजनिक गरेको छ । अब बैंकले सवारीको मूल्य अनुसार मासिक ११ हजार रुपैयाँबाट नै किस्ता रकम शुरू हुने गरी योजना ल्याएको हो । चामत्कारिक सवारी कर्जाका विशेषता सार्वजनिक गर्दै बैंकले ११ हजार मासिक किस्ता तिरेर कार किन्न सकिने योजना सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको ‘चामत्कारिक सवारी कर्जा र चामत्कारिक घर जग्गा कर्जा’ योजनाबाट ग्राहकले लाभ लिन सक्ने छन् । कर्जा योजना ग्राहक महानुभावको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै सबैको लागि अझ बढी सहज, सबल, गतिशिल, विश्वसनीय र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिएका छन् ।
बैंकले ‘एनआईसी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार’ भन्ने नाराका साथ चामत्कारिक सवारी कर्जा योजना सार्वजनिक गरेको छ । योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारीसाधन साट्न चाहने सम्पूर्ण ग्राहक महानुभावले समेत चामत्कारिक लाभ उठाउन सक्ने छन् ।
यस्ता छन् चामत्कारिक सवारी कर्जाका ७ आर्कषक विशेषता :
१) तुरुन्तै कर्जा स्वीकृति हुने, २) अधिकतम १५ वर्षसम्मको कर्जा भुक्तानी अवधि, ३) अति न्यून मासिक किस्ता रकम सवारीको मूल्य अनुसार मासिक ११ हजारबाट नै किस्ता रकम सुरु हुने, ४) आंशिक अथवा पूर्णरुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने, ५) मासिक व्याजदर ०.९५ प्रतिशत मात्र, ६) प्रशासनिक सेवा शुल्कमा विशेष छुट, ७) घरजग्गा र सवारी दुवै कर्जा लिने ग्राहकलाई विशेष छुटको व्यवस्था
चामत्कारिक घरजग्गा कर्जाका ७ वटा आकर्षक विशेषता :
१) आफ्नो आम्दानी अनुसार आफैं मासिक किस्ता निर्धारण गर्न सकिने, २) अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि, ३) आंशिक अथवा पूर्णरुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने, ४) कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने, ५) मासिक ब्याजदर ०.९५ प्रतिशत मात्र, ६) प्रशासनिक सेवा शुल्कमा विशेष छुट, ७) आधारदरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ४४ शाखा कार्यालय, २ सय ३८ एटीएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको जनाइएको छ ।
बैंकको वासलातको आकार १८८ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करीब १ सय ५९ अर्ब तथा कर्जा १ सय ३२ अर्ब रुपैयाँ पुगी निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
हालसम्म बैंकमा ग्राहकको संख्या करीब १२ लाखभन्दा बढी रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाइएको छ ।

















