नेपाली मौलिक संस्कृति झल्किने लोक गीत ‘राजी छु’ सार्वजनिक

275

नवप्रतिभा गायक रेशम आले मगरले नेपाली मौलिक संस्कृति झल्किने लोक गीतको म्यूजिक भिडियो ‘राजी छु’ सार्वजनिक गरेका छन् । जसमा गायिका देवी घर्तिले साथ दिएकी छिन् ।

शब्द अनि संगीत भने चर्चित संगीतकार राजकुमार बगरको रहेको छ । सो म्यूजिक भिडियोमा चर्चित मोडल दुर्गेश थापा र रिना थापाले अभिनय गरेका छन् । उक्त म्यूजिक भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन विष्णु शर्मा र निर्देशन प्रकाश भट्टले गरेका छन् ।

सोही गीतलाई विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here