नायिका सृष्टिका लागि अनमोल मिल्ने साथी मात्र

369

सुपरस्टार अनमोल केसीको फिल्म ‘गाजलु’ बाट डेब्यु गरेकी अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ अझै पनि आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्न संघर्षरत छिन् ।

केही वर्षदेखि अभिनेता सौगात मल्लसँँगको अफेयरमा रहेकी उनको फिल्म कमाईको मामलामा सफल नभएपनि उनको अभिनयको भने खुब प्रशंसा भएको थियो ।

अब उनको तेस्रो फिल्म ‘बाँध मायाले’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । यसमा उनको जोडी अभिनेता आर्यन अधिकारीसँग बाँधिएको छ । सविर श्रेष्ठ निर्देशित फिल्ममा उनी एक सोझी गाउँले युवतीको भूमिकामा छिन् । उनी यो फिल्म आफ्नो लागि विशेष रहेको जनाएकी छिन् ।

अनमोललाई आफ्नो मिल्ने साथी मात्र भन्न रुचाउने सृष्टि भविष्यमा अनमोलसँग फेरि काम गर्न इच्छुक रहेको जनाउँछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here