काठमाडौं/ सरकारले आह्वान गरेको वार्ता विप्लव नेतृत्वको नेकपाले अस्वीकार गरेको छ । विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सरकारले वार्ताका नाममा नाटक गरेको भन्दै आफूहरु अहिलेकै अवस्थामा सरकारी प्रस्ताव स्वीकार्न नसक्ने जनाए ।
नेताहरुलाई देशभरी हिरासतमा राखेर कहिले कता र कहिले कता घुमाइएको छ । यो तरिकाले वार्ता हुनै सक्दैन’ ओलीको भनाइ छ । उनले सरकारले भनिरहेको वार्ता अन्तैतिरका लागि भएको भन्दै ओलीले सरकारले आफूहरुलाई वार्ताका नाममा नाडी छाम्न खोजेको जनाएका छन् । उनले भने , ‘यो त हामीलाई छाम्न खोजिएको मात्रै हो, किनकि यहाँ मुद्दा चुनावका बेलाको बनाइएको छ ।
सरकार गम्भीर र समस्या समाधान गर्ने पक्षमा नभएको आरोप लगाउँदै ‘वार्ता भनेर हल्ला चलाएको भनेका छन् । आजसम्म हामीलाई न कुनै लिखित चिठीपत्र पठाइएको छ, न केही गृहकार्य नै गरेको छ रु त्यसकारण वार्ताको हल्ला चलाएर हामीलाई दमन गर्दै समाप्त पार्ने षडयन्त्रअनुसार सरकार चलेकाले हामी अहिले वार्ताका लागि तयार छैनौँ,’ ओलीको भनाइ छ ।
विप्लव नेतृत्वको नेकपाले आफूहरु वार्ताकै विपक्षमा भने नभएको जनाउँदै वार्ताका लागि केही शर्त पूरा गरे सोच्न सकिने जनाएको छ ।


















