खल्ती एपमार्फत् ‘बाँध मायाले’ टिकट खरिद गर्दा १५ प्रतिशत ’क्यास व्याक’

304

असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘बाँध मायाले’ टिमले दर्शकलाई हलसम्म तान्न नयाँ अफर ल्याएको छ ।

पछिल्लो समय युवा पुस्तामाझ निकै प्रयोगमा रहेको खल्ती डिजिटल एपमार्फत् यो फिल्मको टिकट खरिद गर्दा सबै दर्शककले १५ प्रतिशत ’क्यास व्याक’ पाउने निर्देशक सविर श्रेष्ठले जनाए । यो अफर हलमा फिल्म जति दिन चल्छ त्यति नै दिनसम्म कायम हुनेछ ।

आफ्नो उपयुक्त समय र सिट रोजेर फिल्मको टिकट बुक गर्न र उक्त टिकटको पैसा तिर्न सकिन्छ । टिकटको पैसा तिरेको केही क्षणमै प्रयोगकर्ताको खल्ती आइडीमा १५ प्रतिशत पैसा फिर्ता आउने जनाइएको छ ।

‘बाँध मायाले’मा आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, नव नायक किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको पनि अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here