सलमानले बनाए ‘लभरात्री’ लाई ‘लभयात्री’

317

५ अक्टूबरमा रिलिज हन लागेको फिल्म ‘लभरात्री’ को नाम बलिउड सुपरस्टार सलमान खानको प्रोडक्शन हाउसले नाम परिवर्तन गरेर लभ यात्री राखेको छ ।

हिन्दूहरुको महान पर्व नवरात्रीसँग मिल्दोजुल्दोे,हिन्दूहरुको भावनामा आहत पुर्‍याएको भनेर कयौं व्यक्तिले नाममा आपत्ति जनाएका थिए ।

जब ‘लभरात्री’ को ट्रेलर रिलिज भएसंगै विरोधको स्वर सुनिएको थियो । जनवरीमा आगरामा संगठन ‘हिन्दू ही आगे’ ले फिल्मको टाइटलमा आपत्ति जनाउँदै विरोध गरेको थियो । फिल्मको पोस्टर पनि जलाएका थिए ।

विवादबाट बच्नका लागि सलमानले नाम परिवर्तन गर्नु नै उचित सम्झिए । मंगलवार साँझ फिल्मको नयाँ नामको नयाँ पोस्टर लञ्च गरिएको छ । सलमानले पोस्टर शेयर गर्दै लेखे, ‘यो कुनै स्पेलिङ मिस्टेक होइन ।’

यो फिल्मबाट सलमानका ज्वाइँ आयुष शर्माले डेब्यु गर्दैछन् ।

Related image

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here