यती एयरलाइन्सले भित्रायो नयाँ जहाज

324

काठमाडौं/ यती एयरलाइन्सले एटीआर-७२-५०० जहाज भित्राएको छ । नयाँ जहाज फ्रान्सेली-इटालियनको सहकार्यमा उत्पादित ट्वीन इञ्जिन टर्बोप्रप विमान हो । मंगलबार यती एयरलाइन्सले वायुयान थप गर्ने क्रममा सो जहाज भित्तयाएको हो । उक्त जहाज फ्रान्सको टुलुस-इटली-इजिप्ट-मस्कट हुँदै काठमाण्डौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयरलाइन्सले जनाएको छ ।

विमानमा चालक दलका सदस्यहरु क्याप्टेन प्रमोद पौडेल, क्याप्टेन मोद श्रेष्ठ, क्याप्टेन सुरेन्द्र कुँवर, वरिष्ठ इञ्जिनियर सुरेश कुमार बज्राचार्य, डिस्प्याचर सन्त प्रजापति तथा नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधि भरतराज पराजुली थिए ।

यसको उत्कृष्ट निर्माण र प्रदर्शनले गर्दा एटीआर-७२-५०० संसारको सबैभन्दा सफल क्षेत्रिय क्यारियरहरु मध्येमा पर्दछ ।

एटीआर-७२-५०० विमानको विश्व प्रसिद्ध ग्लोबल अपरेटरहरु एयर न्यूजिल्याण्ड, एयर लिङ्स, एस।ए।एस, एच ओ पी, फ्लिव, अजुल, बैंकक एयरवेज, जेट एयरवेज, मलिन्दो आदी हुन् । विमान के एफ् टर्बो लिजिङ्ग लिमिटेडबाट खरिद गरीएको र यो नेपालमा एटीआर ७२ बिमान खण्डमा सबैभन्दा नयाँ विमान हुने कम्पनीले जनाएको छ ।

यती एयरलाइन्सले १९९८ मा सेवाको थालनी गरेको हो र हाल यति एयरलाइन्ससंग ३ वटा एटीआर(७२(५०० र ६ वटा बीएई एष्टस्ट्रीम ४१ रहेको छ । त्यसैगरी यसको सहायक कम्पनी तारा एयरसँग २ वटा डोर्नियर डीओ(२२८, २ वटा ट्वीनटर र २ वटा ट्वीनअटर भाइकिङ ४०० सिरिज छन् ।

यो विमान थपिंदा यति एयरलाइन्सले एटीआर ७२ को सेवा विस्तार गरेर भद्रपुर र पोखरासम्मको सेवा प्रदान गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here