सँधैभरि मै सभापति हुन्छु भन्ने अहंकारलाई महाधिवेशनले तह लगाउँछ

220

काठमाडौं, ९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दापनि पार्टीभित्रकै कुरीति र कुसंस्कारबाट बढि चूनौति रहेको बताएका छन ।
सोमबार काठमाडौमा आयोजित साक्षात्कार कार्यक्रममालबोल्दै उनले भने,‘कांग्रेसलाई अरुबाट चूनौति छैन् । आफ्नै पार्टीभित्रको आन्तरिक कुरीतिबाट चूनौति छ । ती सबै कुसंस्कारलाई सुधार गर्नुपर्छ ।’
उनले पार्टीभित्र एउटा व्यक्तिलाई बलियो बनाएर र त्यो व्यक्तिको वरपर घुमेर आफ्नो शक्ति जमाउने खालको मनोवृत्तिबाट अब पार्टी चल्न नसक्ने स्पष्ट पारे । ‘ज्यादै बढ्दा भक्ति भयो भने त्यो चोरसे लक्षणम् हुन्छ’–केसीले भने,‘अहिले त्यही ढंगका प्रवृत्तिहरु देखिएका छन्, त्यसलाई नियन्त्रण गर्नको निम्ति पनि व्यापक रुपमा जनप्रतिनिधिहरुको बीचमा चुनाव लड्नुपर्छ ।’
गिरिजा प्रसाद कोइराला र सुशिल कोइराला हुँदापनि पनि सभापति पद्धतीको कुरा गरेको उल्लेख गर्दै उनले भने,‘देउवाजीमात्रै होईन, एकचोटी सभापति हुनेहरुले सँधैभरि सभापति मै हुन्छु भन्ने अहंकार र स्वप्न देखेका छन्, त्यो स्वप्न महाधिवेशनले नै भोलि टुँगो लगाउँछ । म कसैको पक्ष र विपक्षमा भन्दिन् । तर महाधिवेशनबाट कुनैपनि पदाधिकारीमा जित्यो भने त्यो कुरा मैले पार्टीको जिम्मेवार कार्यकर्ताको हैसियतले स्विकार गर्नुपर्छ ।’
पार्टीमा एउटै विचार जसले जे राख्छ त्यसैलाईमात्रै मानेर हिँड्नु भनेको अधिनायकवादी शासन पद्धती हुने बताउँदै भने,‘अधिनायवादको दुर्गन्धित वातावरणबाट पार्टीलाई सम्पूर्ण रुपमा मुक्त गराउन निर्वाचन पद्धतीबाट पदाधिकारी, निर्वाचन समिति, अनुशासन समिति सबै निर्वाचित गर्नुपर्छ । अहिले विधानको कुरामा मेरो यही हो दृष्टिकोण ।’
फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको आज ७ महिना ५ दिन भएको उल्लेख गर्दै यो बीचमा ठूला–ठूला भ्रमको खेती भएको र झुठका पुलिन्दा बाँडिएको गुनासो पोखे । उनले भने,‘हुन त यो अवधिमै सरकारको मुल्यांकन गर्ने बेला होईन, तर पनि हुने बिरुवाको चिल्लो पात भनेजस्तो, अहिले त्यो चिल्लो पात देखिएन् । खस्रो पात देखियो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here