काठमाडाैं । नेपाल क्यालिफोर्निया अमेरिकाको आदिवासी जनजाति महासंघले अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्सको एक विशेष कार्यक्रमको आयोजना गरी उनको सामुदायिक चेतना र संगीतमा विश्वव्यापी रूपमा योगदान पुर्याएकोमा अप्रिल २२, २०२३ मा प्रशंसा प्रमाणपत्र प्रदान गरेको थियो। कार्यक्रममा उनको भर्खरको एल्बमको ‘ग्रिड’ Greed’ गीतको नयाँ म्युजिक भिडियोको पनि प्रिमियर गरिएको थियो ।
सन् २०१० र २०११ युरोपको संगीत यात्राको क्रममा नर्वेजियन र जर्मन प्रेसद्वारा अशेषलाई “द हिमालयन हेन्ड्रिक्स” भनेर उपनाम दिइएको थियो। सन् २०१५ मा संगीत र सामाजिक कार्यमा उनको योगदानको लागि कोलोराडो बिजनेश म्युजिक अर्गनाइजेसन, क्लाेराडाे, अमेरिकाद्वारा पनि उनलाई सम्मानित गरिएको थियो।
सन् २०१० र २०१६ मा उनको दोस्रो र चौथो एल्बमको “तिमीलाइ म र दुबदई” गीतहरू पनि हिट्स एफएम संगीत अवार्डमा विभिन्न विधामा मनोनयन भएको थियो।
अशेष सन् २००७ देखि विश्व भ्रमण गर्दै आएका छन् र त्यसबेलादेखि धेरै सङ्गीत महोत्सवको नेतृत्व गरिसकेका छन् ।
अलामार महोत्सव २००७ , स्पेन, Herzburg संगीत महोत्सव २०११ जर्मनी, Fauskivalen संगीत महोत्सव २०१०, २०११, २०१६ नर्वे, एडिनबर्ग मेला २०११, स्कटल्याण्ड, It’s all Gravy संगीत महोत्सव २०११, इङ्गल्याण्ड आदिमा समेत आशेषले अभिनय गरेका छन् ।
IBC 2020 International Blues Jam 2019 मा मेम्फिस, Tenessee मा नेपालको प्रतिनिधित्व गर्दै र २०१७ देखि आफ्नो संगीत संग संयुक्त राज्य अमेरिकामा १२ भन्दा बढी विभिन्न राज्यहरु को भ्रमण गरेका थिए र हाल उनको “All That Beautiful Dreams” टुरको अन्त्यमा। सियाटल, वासिङ्टनमा भएको अन्तिम कन्सर्टपछि उनी मे महिनामा स्वदेश नेपाल फर्किनेछन् ।
अशेषको अहिलेसम्म ६ वटा म्युजिक एल्बम छन् र उनले आफ्नो संगीत र फोटोग्राफीको माध्यमबाट ११ भन्दा बढी देशको भ्रमण गरिसकेका छन्। उनको हालैको एल्बम “All Those Beautiful Dreams“ अहिले सबै डिजिटल मिडिया र बजारमा उपलब्ध छ।
उहाँ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाको मिलवाकी, बेस्ट ड्याम ब्लुज फेस्टिभल २०२३ को हेडलाइन गर्न फर्कनुहुनेछ।


















