नयाँ दशैं-तिहारको गीत सार्वजनिक

142

काठमाडौं– नेपाली संगीतिक बजारकी ‘सेक्रेट स्टार’ हुन लोकदोहोरी गायिक बिष्णु माझी । उनी गुमनाम छिन्, तर आफ्नो स्वरले बजार तताइरहेकी छिन् । माझीको तीज गीत ‘चरी जेलैमा’ गीतले निकै लोकप्रिय रह्यो । युट्युबमा ‘चरी जेलैमा’ ले छोटो समयमा विभिन्न रेकर्ड बनाउन सफल भएको छ ।

तीज सकिएर पनि ‘चरी जेलैमा’ को चर्चा सेलाउन नपाउँदै गायिका माझीको स्वरमा नयाँ दशैं-तिहारको गीत सार्वजनिक भएको छ ।

उनको स्वरमा सार्वजनिक ‘दशैं-तिहार आइसक्यो’ बोलको गीत पनि दर्शक स्रोताको मन जित्न सफल भएको छ ।

सपना म्युजिक इन्डष्ट्रिजको युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गीतको भिडियो दुई दिनमा ११ लाख पटक हेरिएका छन् ।

‘यहीँको तापम घाम राजै, यहीँको तापम जुन
यहीँ जोतम्ला खेतबारी, यहीँ फलाम्ला सुन
आउ है गाउैमा…’

गीतले परदेशिएका आफ्नो मान्छेलाई गाउँ डाकेको छ । बिष्णुको एकल स्वरमा रहेको गीतको शब्द र लय सिर्जना उनका श्रीमान् सुन्दरमणी अधिकारीले गरेका हुन् ।

‘चरी जेलैमा’ को झल्को दिन गीतको कोरसमा महिमा आचार्यले स्वर भरेकी छन् ।

शिव विकको कोरियोग्राफीमा तयार भिडियोमा प्रिया विष्टको अभिनय देख्न सकिन्छ । शम्भु चालिसेले छायंकन गरेका दृश्यको सम्पादन सुजन शाहीले गरेका हुन् ।

बिष्णुले गाएको ‘चरी जेलैमा’ ले छोटो अविधीमा दुई करोड भ्युज पाएको छ ।‘ सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिपछिपे पानीमा लेउ’, लगायत उनले स्वर दिएका गीतले युट्युबमा करोड बढी भ्युअर्स बटुलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here