इजरायल, प्यालेस्टिनी दुई अलग राष्ट्र सम्भव छ – ट्रम्प

77

राष्ट्रसंघ/  राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्वको एकमात्र समाधान दुई अलग राज्य निर्माण नै हुने जनाउनुभएको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँग राष्ट्रसंघमा भेटपछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा राख्नुभएको हो ।

ट्रम्पले संवाददाताहरुसँग भन्नुभयो – मेरो विश्वास दुई राष्ट्रको निर्माण गर्नु हो, एउटा इजरायलीहरुका लागि र अर्को प्यालेस्टिनीहरुका लागि । विगतमा उहाँले यस विषयमा प्रष्ट धारणा सार्वजनिक गर्नुभएको थिएन ।

‘मलाई दुई राज्य समाधान नै ठीक लाग्यो,’ ट्रम्पले इजरायली प्रधानमन्त्रीसँग तस्वीर लिँदै भन्नुभयो । ‘यही समाधानले राम्रो काम गर्लाजस्तो लाग्छ । यो मेरो अनुभूति पनि हो । अहिले तपाइँमा फरक अनुभूति पनि हुनसक्ला । तर मेरो विश्वास छ दुई राज्य समाधान नै उत्कृष्ट हो ।’

राष्ट्रपति ट्रम्पले मध्यपूर्वको शान्ति योजना दुईदेखि चार महिनाभित्रै सार्वजनिक हुन सक्ने जनाउनुभयो ।
प्यालेस्टिनीहरुले ट्रम्पको व्यवहार पक्षपातपूर्ण रहेको भन्दै कटु आलोचना गरिआएका छन् । ट्रम्पले गत वर्ष जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिएको घटनाबाट प्यालेस्टिनीहरु निराश छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here