काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि बुधबार साँझ सिङ्गापुरतिर लागेका छन् । सीता दाहालको यसअघी सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो । पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
सीता मधुमेह, उच्च रक्तचापबाट पीडित छिन् । दाहालका साथमा छोरी गंगा दाहाल र भतिजा समिर दाहाल पनि सिंगापुर गएका छन् ।


















