काठमाडौं महानगर इकाईको एक दिवसीय अभ्यास वर्ग सम्पन्न

204

काठमाडौं/ नेपालको एक मात्र स्वतन्त्र विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद नेपालले काठमाडौं महानगर इकाईको एक दिवसीय अभ्यास वर्ग सम्पन्न भएको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र नेपालका डाइरेक्टर प्रा.डा.केदार शर्मा , अतिथि नेपाल प्रहरि नायव उपरीक्षक डा. तपनकुमार दाहाल , विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, प्रदेश अध्यक्ष फुल प्रसाद सुवेदी, प्रदेश सचिव कृष्णप्रसाद हुमागाई, महानगर सह-सचिव विरबहादुर खडका, माहनगर छात्रा प्रमुख तथा कार्यक्रम संयोजक संगिता श्रेष्ठ को उपस्थिति रहेको थियो ।

कार्यक्रममा परिषद्का राष्ट्रिय सचिव छितराज न्यौपाने तथा राष्ट्रिय साहित्य तथा कला प्रमुख सुरेन्द्र प्रसाद जोशि, केन्द्रीय सदस्य आयुष भाट्ट, इपर्सा पोखरेल साथै विद्यार्थी परिषद्का सदस्यहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम प्रा.डा केदार शर्मा लगायत मञ्चमा आशिन अतिथिहरूले सरस्वती माताको फोटोमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा। शर्माले राष्ट्रका लागि युवाले के काम गर्न सक्छन भन्ने विषयमा युवाहरूलाई उत्पेरणा गर्नु भएको थियो । उहाँले युवा भनेको उर्जा हो र उर्जालाई राष्ट्रहित मा लगाउनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा नेपाल प्रहरि नायव उपरीक्षक डा. तपनकुमार दाहालले राष्ट्रिय सुरक्षामा युवाको भुमिका कस्तो हुनुपर्छ भनेर कार्यक्रम उपस्थित युवाहरूलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा अभ्यास वर्गको प्रशिक्षण सत्रमा परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले ६ वटै नगरबाट आउनु भएका नगर समितिका प्रत्यक २ जना कार्यकर्ताहरूलाई विद्यार्थी परिषद्को बारेमा आफूले जानेका कुरा बोल्न र आ-आफ्नो नगरको आगामि कार्यक्रमको बारेमा कार्ययोजना प्रस्तुत गर्न लगाउनु भएको थियो ।

साथै उहाँले परिषद्को लक्ष्य, उदेश्य , दृष्टिकोण , र हाम्रो सिद्धान्तको बारेमा सम्पूर्ण कार्यकर्तालाई प्रष्ट पार्नु भएको थियो । त्यसैगरी कार्यक्रममा उपस्थित नगर समितिका कार्यकर्ताहरूलाई दायित्व अलग अलग तीन भागमा विभाजन गरि दायित्वबारे चर्चा गरिएको थियो ।

कार्यक्रमको समापनमा परिषद्का प्रदेश अध्यक्ष फुल प्रसाद सुवेदीले काठमाडौं जिल्ला सदस्य तथा काठमाडौँ महानगरको २७ सदस्यीय समितिको दायित्व घोषणा गर्नुभएको थियो ।

काठमाडौं महानगरको २७ सदस्य समिति :
परिषद्को जिल्ला संयोजक–आयुष भाट
जिल्ला छात्रा प्रमुख–संरचना पोखरेल,
सह–छात्रा प्रमुख – संगिता श्रेष्ठ
जिल्ला सदस्यहरू :
सविना तामाङ , तर्कराज पाठक र रोशन भट्ट

महानगर समितिका सचिव – विरबहादुर खडका,
सह–सचिव – युवराजगिरि,खेमराज पोखरेल,सविता लामिछाने ,
महानगर छात्रा प्रमुख – शुभद्रा न्यौपाने,
सह–छात्रा प्रमुख – प्रनिशा भट्टराई , रोस्मिता तामाङ
महानगर पत्रिका संयोजक – अर्जुन अधिकारी
पत्रिका सह– संयोजक – प्रतिक गौतम
महानगर सम्पर्क प्रमुख – रोहित गौतम
महानगर सह–सम्पर्क प्रमुख – तेज प्रकाश मौनि
महानगर मिडिया प्रमुख – निशा तामाङ
महानगर सदस्यहरूमा : हरि भण्डारी , मनोज डाँगी , नमुना बस्नेत, सपना भण्डारी , मिना बुढाथोकी , अनिता राई, पार्वती तामाङ, निलु गुरूङ, सन्तोष वि.क, राजु सुनुवार, राजेन्द्र साउद, पुरूषोतम रावल, लगायत २७ जना टोलिको महानगर समिति चयन गरेको छ ।

परिषद्का कार्यकर्ता संगिता श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको अभ्यास वर्गमा ६ वटा नगरका २० वटा कलेजबाट ७८ दायित्ववान कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here