नेपालगंन्ज/ दैशैं तिहार लक्षित भन्सार सुरक्षा योजना लागू, यात्रुको सहजताका लागि नेपाल र भारतमा हेल्पडेस्क स्थापना गरिएको छ ।
नेपाल तर्फ हेल्प डेस्कको स्थापना गरीसकिएको छ भने भारत तर्फ एक हप्ता भित्रै हेल्प डेस्क स्थापना गर्नेसहमतिभएको शसस्त्र प्रहरी भन्सार सुरक्षा गुल्म का गुल्मपति तथा शसस्त्रप्रहरी नायब उपरिक्षक निरङ्कार नाथ शुक्लाले जानकारी दिनुभयो ।
आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसंग कुराकानी गर्दै शुक्लाले चाडबाडका बेला देखिने यात्रुहरु तथा खरिददारहरुको चापलाई मध्येनजर गर्दै उनिहरुको सुरक्षका लागि हेल्प डेस्क स्थापना गरीएको शुक्लाले जनाउनुभयो ।
‘नेपालीहरुका महान चाडहरु ढोकै मा छन् भारतमा रोजगारी गरी दशैंं तिहार छठ जस्ता पर्वहरु मनाउन हजारै नेपालीहरु स्वदेश फिर्तिको समय छ’ सुक्लाले भन्नभयो । नाकामा कुनैपनि नेपाली तथा खरिददारहरुले दुःख नपाउन भन्ने उद्धेस्यले हेल्पडेस्कको स्थापना गरीएको हो । ‘ कोहि पनि नठगिउन भन्नेमा सशस्त्र प्रहरी सचेत छ ‘ ।
भर्खरै मात्र नेपाली सुरक्षकर्मी र भारतिय सुरक्षकर्मींहरुले संयुक्तरुपमा गस्ति गर्दै आपराधिक गतिबिधिहरु तथा राजश्व चुहावट नियन्त्रणका लागि स्थालगतसमेत अनुगमन गरेको सुक्लाले जानकारी दिनुभयो ।
नेपाली सुरक्षा टोलिको नेतृत्व शसस्त्र प्रहरी उपरिक्षक (एसपी) भेष बहादुर शाह र भारतिय सुरक्षा फौजको नेतृत्व कमाण्डर पवन कुमारले गर्नुभएको थियो ।
शसस्त्रप्रहरी बल केन्द्रिय भिागको निर्दैशनात्मक परिपत्रअनुसार हेल्प डेस्कको स्थापना गरी सीमापार खरिददार तथा नेपाल भित्रिने यात्रुहरु लाई आवस्यक सहयोग गरिने गुल्मपति शुक्लाले जानकारी दिनुभयो ।
‘चाड बाडका बेला सबैले सहजरुपमा सामानहरु खरिद बिक्रि गर्न पाउनुपर्छ’ शुक्लाको भनाइ छ । ‘ दुव्र्यबहार, ठगि जस्ता घटनाहरु बाट नेपाल मा र भारतमा पनि बचाइने छ ‘ शुक्लाले जनाउनुभयो ।
भारतिय सुरक्षा फौज संगको समन्वयमा नेपाली पक्षले दशैं तिहारमा नेपालीहरुको सुरक्षाको सवालमा भारतिय पक्ष सकारात्मक देखिएको र नेपाली यात्रुहरुको सुरक्षका लागि पहल गर्ने भारतिय पक्षले जनाएको छ ।


















