कञ्चनपुर/ निर्मला पन्तको हत्यारा पत्ता नलागेपछि नेपाली कांग्रेसको भातृसंगठन नेविसंघका कार्यकर्ताले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन् ।
जिल्ला बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै नेविसंघका कार्यकर्ताले तोडफोड गरेका जिल्ला सरकारी वकिल खेमराज भट्टले बताए ।
तोडफोडका क्रममा नेविसंघका कार्यकर्ताले कार्यालयमै चारजना कर्मचारीमाथि पनि हातपात गरेको जिल्ला न्यायाधीवक्ता भट्टले जानकारी दिए ।


















