काठमाडौं/ सिके राउतले तराईमा स्वतन्त्र मधेश अभियान चलाएपछि नेपालमा रहेको नेपाली मात्रै नभई विदेशमा रहेका नेपालीहरु पनि सिके राउतको अभियानका विरुद्धमा उत्रिएका छन् । अमेरिकामा रहेका नेपालीहरु झन धेरै चिन्तित हुँदै सिके राउतको अभियानका विरुद्धमा नयाँ अभियान सुरु गर्ने घोषणा गरेका छन् ।
अमेरिकाको पेनसिल्भ्यानिया राज्यमा बस्दै आएका नेपाली मूलका अमेरिकी युवाहरुले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमपछि एक अभियान थालेको जनाएका छन् । सिके राउतले तराईमा स्वतन्त्र मधेश अभियान चलाएपछि अमेरिकामा रहेका नेपालीहरुले ‘हामी नेपाल टुक्रिन दिन्नौँ !’ नामको अभियान सुरु गरेका छन् ।
अमेरिकामा विभिन्न काममा ब्यस्त अधिकांश नेपालको मधेसी मूलका युवा अभियानमा आवद्ध छन् । सो अभियानमा मधेशी मूलका नेपालीहरु राजेश साह, प्रणय साह, सर्वेश मण्डल, विनयविक्रम वर्मा, रविकान्त गुप्ता, अभि गुप्ता, सत्य साह, रञ्जन साह, कृष्ण गुप्ता, सञ्जय चौधरी, राजीव साह, राज साह, अजय गुप्ता, विकेश यादव, राजनन्दन यादव, राजेश जयसवाल, अर्जुन मण्डल, रमेश यादव, जितेन्द्र साह लगायतका छन् ।
जय साहको नेतृत्वमा गठन भएको यस अभियानले आफूलाई गैरराजनीतिक भएको दावी गरेको छ ।


















