काठमाडौं/ आफू अर्थमन्त्री भएको भोलिपल्टै डा. युवराज खतिवडाले आफ्ना ज्वाइँलाई नियम विपरित नागरिक लगानी कोषको संचालकमा नियुक्त गरेका छन् ।
अर्थमन्त्री डा। खतिवडाले आफ्ना ज्वाइ डा. रामशरण खरेललाई राष्ट्र बैंकको विराटनगर कार्यालयबाट काठमाडौं अर्थमन्त्रालय तानेर कोषको संचालक बनाएका हुन् ।
कोषमा अध्यक्ष सहित ९ सदस्यीय संचालक समिति रहने कानुनी व्यवस्था छ । कोषको ऐनले संचालक समितिमा कुन कुन निकाय वा कस्तो योग्यता भएका व्यक्तिलाई संचालक बनाउने भनेर किटान गरेको छ । तर, अर्थमन्त्री डा। खतिवडाले आफ्ना ज्वाइलाई नियम मिचेर संचालक बनाएका छन् ।
अर्थमन्त्रीका ज्वाइ डा. खरेललाई उद्योग बाणिज्य वा पुँजी बजार सम्बन्धी विषयमा विशेष ज्ञान तथा अनुभव भएका व्यक्तिहरुबाट वा लगानीकर्ताहरु मध्येबाट नेपाल सरकारले मनोनित गरेका ३ जना सदस्यको तर्फबाट संचालक बनाइएको हो । कोषको कार्यकारी निर्देशक पद खाली छ ।



















