काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रदेश र स्थानीय तहलाई उचित बजेट विनियोजन नगरेर सरकारले संघीयता कार्या्रन्वयनमा संकट पैदा गरेको जनाएका छन् । महामन्त्री कोइरालाले संघीयतालाई कार्यान्वयन गर्ने हो भने सरकारले स्थानीय र प्रदेश सरकारलाई उचित बजेटको व्यवस्था गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारेका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘विपीको प्रजातान्त्रिक समाजवाद, संघीयता र आर्थिक समृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले संघीयताको वास्तविक कार्यान्वयनका लागि सरकार गम्भीर बन्न नसकेको दावी गरेका हुन् । सरकारले बलात्कार, हत्यालगायतका घटना नियन्त्रण गर्नुको साटो ढाकछोप गरिरहेको महामन्त्री कोइरालाको आरोप छ।


















