सञ्चारमन्त्रीसँग पत्रकारहरु आक्रोसित

107

काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले संसदको विकास समितिमा विहीबार पत्रकार र सञ्चारकर्मीलाई अपमानित गरेको नेपाल पत्रकार महासंघले ठहर गरेको छ ।

पत्रकार महासंघका महासचिव रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सञ्चारमन्त्रीले पत्रकारलाई अपमान गरेको जनाएका छन् । उनले विज्ञप्तिमा भनेका छन्–‘समितिको बैठकमा मन्त्री बास्कोटाले अभद्र ढंगले प्रस्तुत हुँदै आमसञ्चार क्षेत्रमाथि आक्षेप लगाउनु आपत्तिजनक छ ।

मन्त्री बास्कोटाले पत्रकारहरुलाई ‘दशैँ आएको छ, खर्च पुगेन भने लिन आउनु भनी दिएको अभिव्यक्तिले आम पत्रकारहरुको अपमान भएको छ ।’
त्यस्तै महासचिव विष्टले जिम्मेवार मन्त्रीबाट यस किसिमको अभिव्यक्ति आएकोमा महासंघ कडा शब्दमा भर्त्सना गर्ने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here