६५ ड्रम जाँड र २० लिटर अवैध मदिरा बरामद गरि नष्ट

244

सल्यान/ सल्यानको कपुरकोट बजारबाट ६५ ड्रम जाँड र २० लिटर अवैध घरेलु मदिरा बरामद गरि नष्ट पारिएको छ । बजार अनुगमन निर्देशिका अनुसार गठन भएको समिती, प्रहरी र पत्रकारको टोलिले सोमबार संयुक्त बजार अनुगमन गर्दा फेला पारेको अवैध घरेलु मदिरा र मदिरा बनाउन तयार पारिएको जाँड बेलुका नै डम्पिङ साइडमा लगेर नष्ट पारिएको कपुरकोट गाउँपालिकाले जानकारी दिएको छ ।

साथै दशैँ तिहार नजीकिदै गर्दा बजारमा हुन सक्ने कालोबजारी तथा म्याद गुज्रेका सामग्री विक्रि वितरणमा रोक लगाउने उद्देश्य सहित बजार क्षेत्रका पसल, होटल, मेडिकल, एग्रोभेट आदिको अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जानकारी दिए ।

अनुगमनको क्रममा म्याद गुज्रेका विस्कुट, चाउचाउ, कुरमुरे, परफ्यूम पनि फेला परेको र ती म्याद गुज्रेका सामग्री पनि नष्ट गरिएको गाउँपालिकाका सूचना अधिकारी जीवराज केसीले जनाएका छन् ।

कतीपय पसलहरु दर्ता नभएका पाइएकाले पसलहरुलाई सम्बन्धित निकायमा दर्ता गर्न आग्रह गरिएको उनले बताए । यस्तै पसलमा मूल्यसूची र साइनबोर्ड समेत राख्न आग्रह गरिएको केसीले जनाए ।

अवैध मदिरा नष्ट गर्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले घरेलु मदिराको अबैध कारोबारलाई रोकथाम गर्न प्रहरी र सरोकारवालाहरुको समन्वयमा विशेष अभियान सञ्चालन गरिएको जनाए ।

यस्तै उपभोक्ता हित संरक्षण समितीका संयोजक तथा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले महिला हिंसा र घरेलु हिंसा बढ्नुमा मदिरा प्रमुख कारणको रुपमा देखिएको भन्दै गाउँपालिकाभरिका सबै वडाहरुमा अनुगमन र अवैध मदिरा नियन्त्रण अभियान सञ्चालन हुने जानकारी दिइन् ।

घरेलु मदिरा सेवनकै कारण आपराधिक गतिविधि बढ्ने  र शान्ति सुरक्षा एवं अमनचै नमा खलल पु¥याउने  भएकाले  अबै धरुपमा उत्पादन गरिएको  मदिरा नष्ट गनेर्  अभियानलाइ जारि राखीने प्रहरी चौकी कपुरकोटका इन्चार्ज सुरेन्द्र बुढाथोकीले जनाए ।

अनुगमनमा वडा अध्यक्षहरु, उद्योग वाणिज्य संघ सल्यानका प्रतीनिधी, पत्रकार, बजार व्यवस्थापन समिती, व्यापारि लगाएतको सहभागीता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here