दशैँको मुखमा परेको असिनाबाट धानबाली नष्ट

334

डोटी/  जोरायल गाउँपालिका–१ घोरडीमा बिहीबार असिनापानीका कारण धानबाली र तरकारी खेती नष्ट भएको छ ।

असिनापानीले काट्ने अवस्थामा रहेको धानबाली र तरकारी खेती नष्ट गरेको स्थानीयवासी मानबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘असिनाले पाक्नै लागेको धानबाली र तरकारी पूर्ण रूपमा नष्ट गरेको छ ।’ दशैँको मुखमा धानबाली नष्ट भएपछि किसान चिन्तित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here