आज राति उल्का वर्षा देखिने

139

काठमाडौं / आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म उल्का वर्षा देखिने भएको छ ।

पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा नजीक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छाड्छ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको नजीक पुग्छ, तब ती धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्छन् । यसैलाई हामी उल्का वर्षा भन्छौँ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।

बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी सिद्धान्तका माध्यमले सौर्यमण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ‘हेलीको पुच्छ्रेतारा’ भनिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here