नक्कली नोट बनाउने मेसिन सहित पाँच जना पक्राउ

497

काठमाडौं /   नक्कली नोट बनाउने मेसिन सहित पाँच जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार काठमाडौंको मच्छेगाउँबाट शनिबार बेलुकी उनीहरुलाई नक्कली नोट बनाउने प्लेट सहित पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ३ लाख ७५ हजार नेपाली नक्कली नोट समेत बरामत भएको बोगटीले जनाएका छन् ।

प्रहरीले पक्राउ परेका पाँच जनालाई थप अनुसन्धानको लागि हिरासतमा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here