प्रहरीलाई बर्खास्त गरेर सरकारले दोषीलाई लुकाउन खोज्यो : देउवा

95

काठमाडौं । निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अपराधीहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउनु भन्दा उल्टै सरकारले आलटाल गरिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनाएका छन् ।

नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षका अवसरमा शनिबार पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा सभापति देउवाले प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने जनाएका हुन् ।

हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महिनौँसम्म पत्ता नलाग्नु कानूनी राज्यका लागि चुनौती बनेको उनको भनाई छ ।
त्यस्तै सरकारले आजसम्म पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु सरकारको ठूलो कम्जोरी भएको दावी समेत उनले गरेका छन् ।

चियापान कार्यक्रमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले लोकतान्त्रिक मूल्यमान्यता, सुशासन, स्थिरता र विकासका लागि सङ्गठन सदैव लागि पर्ने जानकारी दिएका छन्। २००७ सालमा प्रजातन्त्रको स्थापनापछि सुदृढीकरणका लागि युवा समूह सङ्गठित गर्ने क्रममा विसं २०१० कात्तिक १० गते तरुण दलको स्थापना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here