काठमाडौं जाने यात्रुबाहक बसमा मोबाईल तस्करी

234

काठमाडौं / काठमाडौं जाने यात्रुबाहक बसमा मोबाईल तस्करी भएको पाइएको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण मझगाँउ कञ्चनपुरले शनिबार महाकाली यातायातको महेन्द्रनगरदेखि काठमाडौँका लागि छुटेको लु २ ख १९४३ नम्बरको यात्रुबाहक बसबाट भन्सार छलि गरेर ल्याएको १५ लाख बराबरका मोबाईल बरामद गरेको हो ।

कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले विषेश सूचनाका आधारमा उक्त बसबाट ओप्पो, स्यामसङ नोट ९ कम्पनीका ४४ थान मोवाईल बरामद गरिएको सञ्चार माध्यमलाई जानकारी दिए ।

बसभित्र लुकाइरहेको अवस्थामा भन्सार नकाटेको र महङ्गा महङ्गा मोबाईल रहेको उनले जनाए । कसको मोबाईल हो भन्ने बारेमा नखुलेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here