यता चियापान उता पार्टी परित्याग

305

कंचनपुर /  नेकपाका कार्यकर्ताहरुले पार्टी परित्याग गरी धमाधम विप्लव नेतृत्वको पार्टीमा प्रवेश  गरेका छन् ।

नेकपाको चियापान भृकुटीमण्डपमा भइरहेको बेला यता माओवादी केन्द्र र एमाले पार्टीका दर्जनौ कार्यकर्ताहरु परीत्याग गरी विप्लव नेतृत्वको पार्टी नेकपामा प्रवेश गरेका हुन् ।

भिमदत्त नगरपालीका—९ मटैनामा नगर सेक्रेटरी आजादले सन्चालन गरेको कार्यक्रममा

कमिटी गठनका साथै माओवादी केन्द्र र एमाले पार्टी परीत्याग गरी आएका व्यक्तिहरुलाई स्वागत समेत गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि ओम प्रकाश पुनले बुर्जुवा संसदीय व्यवस्थाको काल नजिकै आईसकेको र समाजवादी सत्ताको निर्माणका लागि अन्तिम तयारीमा जुट्न सम्पूर्ण जनसमुदायमा आव्हान गर्नु भयो ।अतिथिहरु जिल्ला ईन्चार्ज अग्नि, ब्यूरो सदस्यहरु संघर्ष, विवश, धन बहादुर बुढा, विराट लगायतका थिए ।

माओवादी केन्द्र परीत्याग गरी आएका जिल्ला सदस्य रघुवीर जोशि, ईन्द्र सिंह धामी, तेज चन्द, सोभान नाथ, राज नाथ, जय सिंह कार्की लगायतका दर्जनौं कार्यकर्ताहरुलाई स्वागत गरिएको थियो ।

साथै, सोभान नाथको संयोजकत्वमा ११ सदस्यीय वार्ड कमिटी पनि गठन गरिएको छ । कार्यक्रममा ९५ दिन हिरासतमा रहेर रिहा भएका नेता ओमप्रकाश पुनलाई जनस्तरवाट अभिनन्दन समेत गरिएको कञ्चनपुरका सेक्रेटरी राजेन्द्र विष्टले जानकारी दिनुभयो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here