काठमाडाैं । वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले केन्द्रीय प्रतिनिधि खटाएको छ।
उपनिर्वाचनमा कांग्रेस र वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्न तरूण दलले केन्द्रीय प्रतिनिधि खटाएको हो।
बारा २ मा अशोक झा र विवेक चौरसियालाई प्रतिनिधि खटाइएको तरूण दल केन्द्रीय कार्यालयले जनाएको छ।
साथै चितवन २ मा रत्न महर्जन र आरसी भट्टराईलाई तथा तनहुँ १ मा ललित गुरूङ र सागर गुरूङलाई केन्द्रीय प्रतिनिधि बनाइएको छ।

















