श्रीमतीलाई बलात्कार गर्ने श्रीमान पक्राउ

248

कञ्चनपुर / कञ्चनपुरमा एक महिलाले बलात्कार गरेको आरोपमा श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दाको उजुरी दिएकी छन् । श्रीमानले आफ्नो इच्छा विपरित शारीरिक सम्बन्ध राखेको भन्दै उजुरीपछि प्रहरीले आरोपित श्रीमानलाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–२, भाँसिकी मञ्जु जोशीले श्रीमान डम्बर जोशीविरुद्ध मुद्दा दिएकी हुन् । श्रीमानले आफ्नो इच्छा विपरित शारीरिक सम्बन्ध राखेको भन्दै जोशीले सोमबार आफ्नै श्रीमान विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिनुभयो ।

रामकुमारीले श्रीमानले ३ महिनाको गर्भपतन गराएर आफूमाथी जबरजस्ती करणी गरेको उजुरी दिएको प्रहरीको भनाई छ । घटनाको अनुसन्धानका लागि आदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक कार्कीले जनाउनुभयो ।

जोशीले महाकाली अञ्चल अस्पतालमा एक हप्ताअघि गर्भपतन गराएको प्रहरीले जनाएको छ । कार्कीका अनुसार रामकुमारी र श्याम कुमारले डेढ वर्षअघि भागी विवाह गरेका थिए ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको परिच्छेद १८ करणी सम्बन्धी कसुरको (४) उपदफा (३) मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरे पाँच वर्ष कैदको व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here