प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कतार प्रस्थान

83

काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कतारको दोहामा आयोजना हुने सुरक्षा समन्वय सम्बन्धी कार्यक्रममा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

नेपाल सरकार गृह मन्त्रालय, नेपाल प्रहरी र General Directorate of Public Security of the State of Qatar बीच कतारको दोहामा सम्पन्न हुने सुरक्षा समन्वय सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

उक्त कार्यक्रममा मुख्यत : आतंकवाद र आतंककारी क्रियाकलापमा वित्तिय लगानी, अन्तरदेशीय अपराध, लागूऔषधको अवैध कारोबार, अवैध हातहतियार तथा विष्फोटक पदार्थको ओसारपसार, विद्युतीय अपराध, मानव बेचबिखन, वित्तिय अपराध तथा अन्य अन्तर्राष्ट्रिय अपराध नियन्त्रणमा समन्वय गर्नको लागि दुई पक्षबीच सम्झौता हुने कार्यक्रम रहेको छ ।

सम्झौता अन्तर्गत अपराध नियन्त्रण गर्ने प्रविधि तथा अपराध अनुसन्धानका प्रक्रिया र अनुभव आदान प्रदान गर्ने ती क्षेत्रमा भएका खोज अनुसन्धान तथा प्रकाशनको आदान प्रदान गर्ने, प्रहरी विज्ञ तथा विषशेज्ञ सुरक्षा र प्रशिक्षण कार्यमा विज्ञहरुको आदानप्रदान गर्ने एवम् उपलब्ध स्रोत साधनलाई अपराध अनुसन्धानमा प्राविधिक तथा वैज्ञानिक ढंगबाट विकास गरी तालिम प्रदान गर्न समन्वय गर्ने लगायतका विषय रहेका छन् ।

प्रहरी महानिरीक्षक खनालले आफ्नो अनुपस्थितिमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धानकार्य विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here