काठमाडौं / नागढुंगा चेकपोष्टबाट बाँके नेपालगंज उपमाहानगरपालिका-४ सल्यानीवाग बस्ने ३६ वर्षीय महमदहकी सिद्धिकिलाई श्रोत नखुलेको नगद २२ लाख ५० हजार रुपैयाँ सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
ना ५ ख ६४७७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार सिद्धिकीलाई शरीरमा लुकाई-छिपाई ल्याएको उक्त रकम सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















