कांग्रेसको तागत देखेर नेकपा कार्यकर्ता गाउँ छाडेर भागे, गाउँमा प्रहरी परिचालन

130

सर्लाही– गोली प्रहारबाट कांग्रेस कार्यकर्ताको मृत्यु भएपछि गाउँमा प्रहरी परिचालन भएको छ । सोमवार कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोमाथि नेकपा कार्यकर्ताले कुटपिट गरेपछि विवाद बढेको र महतोका बुवा रामविलाशको नेकपा कार्यकर्ताले गोली प्रहार गर्दा मृत्यु भएको थियो।

गोली प्रहारबाट कांग्रेस कार्यकर्ताको मृत्यु भएपछि गाउँमा प्रहरी परिचालन गरिएको छ ।   गाउँका अधिकांश घरमा प्रहरीले पहरा दिइरहेको छ ।

नेकपा समर्थक युवा गाउँ छाडेर गएपछि घरमा महिला र बृद्धा मात्रै बसेका छन् । मंगलवार बिहान गोलीकाण्ड भएपनि प्रहरी दस्ता साँझ मात्रै गाउँमा पुगेको थियो ।

गोलीकाण्डपछि कार्यकर्ताको मृत्यु भएपछि कांग्रेस समर्थकहरू आन्दोलित भएका छन् । कांग्रेस नेता कार्यकर्ताले बुधवार सदरमुकाम मलंगवामा प्रदर्शन गरिरहेका छन् । मृतक महतोलाई शहीद घोषणा गर्नुपर्ने, दोषीलाई पक्राउ गरेर कारवाही गर्नुपर्ने लगायतका माग राख्दै कांग्रेसले बुधवार सदरमुकाममा प्रदर्शन गरिरहेको छ ।

स्थानीय कांग्रेसका कार्यकर्ता राकेशप्रसाद कुशवाहका अनुसार गोलीकाण्डबाट बच्न नेकपा समर्थक नेता कार्यकर्ता गाउँ छोडेको र हत्यारालाई कारवाही नभएसम्म आफूहरु चुप नलाग्ने चेतावनी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here