काठमाडौं / आज शुक्रबार प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित अमेरिकी राजदुतावासका राजदुत H.E. Randy W. Berry र जर्मनी राजदुतावासका महामहिम राजदुत H.E. Roland Schafer ले जङ्गी अड्डामा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी थापा र राजदुतहरु बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

















