सर्लाहीमा कांंग्रेसको मसाल जुलुस

302

सर्लाही / सर्लाहीको रामनगर गाउँपालिका-४ मा मंगलबार नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको गोलीकाण्डको घटनामा कांग्रेस जिल्ला कार्यसमिति सर्लाही आन्दोलित भएको छ।

आन्दोलनको पहिलो दिन जिल्लाका २०वटै स्थानीय तहमा मसाल जुलुस प्रर्दशन भएको छ।

गोली लागेर मृत्यु भएका रामविलास महतोको हत्यारालाई पक्राउ नगरेको भन्दै मलङ्गवास्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्य समितिको बैठकले गोलीकाण्डको घटनामा पार्टीले राखेका चार मागमध्ये कुनैपनि माग सम्बोधन नभएपछि आफूलाई बाध्य भएर आन्दोलनमा उत्रिनु परेको कांग्रेसले जनाएको छ।

मृतक महतोलाई सहीद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहतको व्यवस्था गर्नुपर्ने, गोलीको छर्रा लागेर घाइते भएकाको सरकारले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने र घटनामा संलग्नलाई तत्काल पक्राउगरी कानुनी कारबाही गर्नुपर्ने माग राखेको छन्।

माग पूरा नभएपछि ५ दिनदेखि महतोको शव पोस्टमार्टम गरी अझैपनि जिल्ला अस्पताल मलंगवामै राखिएको छ।

नेकपा सर्लाहीले भने घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको दाबी गरिरहेको छ।  कांग्रेसले आरोप लगाएजस्तो घटना हुनुमा आफ्ना नेता कार्यकर्ताको संलग्नता नरहेको दाबी गर्दै नेकपाले बिहीबार नै एक प्रेेस विज्ञप्ति प्रकाशित गरी घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेको थियो।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here