विद्यालय क्रान्तिको बारुदखाना हुन् : विजुक्छे

125

भक्तपुर / नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विद्यालयहरू क्रान्तिको बारूदखाना भएको बताएका छन् ।

तीनदिने नेपाल क्रान्तिकारी शिक्षक सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले विद्यालयहरू क्रान्तिको बारूदखाना भएकाले देश र राष्ट्रियताको पक्षमा विद्यार्थीलाई सैद्धान्तिकरूपले तयारी गर्नुपर्ने बताए ।

बिजुक्छेले शिक्षकले हरेक दिन विद्यार्थीलाई पाठ्यपुस्तक बाहेक देशभक्तिपूर्ण भावना जगाउने र विस्तारवाद एवं साम्राज्यवादको विरोधमा सचेत गराउनु पर्ने, पाठ्यपुस्तकमा भएका हरेक विषयवस्तुलाई माक्र्सवादी आँखाबाट केलाई सही ज्ञान विद्यार्थीलाई दिन शिक्षक अग्रसर हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सांसद प्रेम सुवालले संविधानमा विद्यालय शिक्षा निःशुल्क र अनिवार्य गरे पनि निजी विद्यालयलाई यथावत् राखेर जनतालाई धोका दिएको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here