सर्लाही गोलीकाण्ड : दोषीलाई पक्राउ नगरेको भन्दै  पूर्वपश्चिम राजमार्ग अवरुद्ध

256

सर्लाही / कांग्रेसले आइतबार पूर्वपश्चिम राजमार्गको नवलपुरमा एक घण्टा सडक अवरुद्ध पारेको छ ।

रामनगर गोलीकाण्डका अभियुक्तलाई पक्राउ नगरेको भन्दै  कांग्रेस कार्यकर्ताले प्रदर्शनको क्रममा सरकारविरुद्ध नाराबाजी गरेका थिए । चक्का जाम खुले पनि बजार बन्दको कार्यक्रम साँझसम्म रहने जनाइएको छ ।

गत मंगलबार र बुधबार रामनगरम भएको कुटपिट तथा झडपमा गोली चल्दा ५५ वर्षीय रामविलास महतोको घटना स्थलमै मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए । १५ भन्दा बढी घरमा तोडफोड भएको थियो ।

रामनगर घटनाका दोषीलाई कारबाही गर्नु पर्ने, पीडितलाई क्षति पूर्तिसहित सहिद घोषणा गर्नु पर्ने, घाइतेहरुको उपचार गर्नु पर्ने लगायतका माग राख्दै कांग्रेस आन्दोलनमा उत्रेको हो ।

सरकारले माग सम्बोधनका लागि तदारुकता नदेखाए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने जनाइएको छ । आफूहरुको माग ५ दिन भैसक्दासमेत सम्बोधन नगरेर सरकारले सडकमा आउन बाध्य बनाएको कांग्रेसका जिल्ला सह–सचिव डोरप्र्रसाद भट्टराईले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here