दाजुभाइ-दिदिबहिनीबीच यौन सम्बन्ध रोक्न भाइटीकाको चलन

555

वरिष्ठ  संस्कृतविद तथा इतिहासकार डा.जममान गुरूङ संस्कृत भाषामा गहिराे दख्खल राख्ने व्यातित्व हुनुहुन्छ ।

नेपाली समाजकाे चालचलनबारे गहिराे अध्ययन गर्नुभएकाे छ । हाम्रा संस्कृति मध्य तिहारकाे महत्व छ ।

याे कसरी सुरू भएकाे थियाे त । तिहार हाम्राे एउटा चाड हाे । हिन्दिमा तेउहार भनिन्छ । तेउहारले उनिहरूकाेमा तिहार हाेइन सिंगै चाडपर्व भन्ने जनाउछ ।

हामी यमपञ्चकको पाँच  दिनलाइ तिहार भन्छाै । अब बुझनु पर्ने कुरा छ ।

यमपञ्चक के लाइ भनिन्छ भनेर ? यम भनेकाे धर्म , धर्म भनेकाे नीति नियम हाे । पञ्चक भनेकाे पाँच दिन । पाँच दिन मनाइने पाँच तिहारमा काग, कुकुर, गाेरू, गाइ र मान्छे छुट्टाछुट्टै पुजिन्छ । यसले त्याे बेला देखिकाे समाज र संस्कृतिलाई जनाउछ  । त्यसबेला के कुरा केन्द्रमा थियाे भने समाजले त्यहि चिजलाई पुजा गर्दै अाएकाे थियाे । पहिलेकाे घुमन्ते, शिकारी, पशुपालन, कृषि हुदै अहिले मान्छे अाधुनिक युगमा अाइपुगे घुमन्ते युगमा सूचनाका केही साधन थिएनन् । त्यसबेला सूचनाकाे सहयाेग कागलाई  मानिन्थ्याे । त्यस्ताे त्यस्ताे हुँदै हुँदै विनिमयकाे सुरूवात भयाे त्यसपछि अायाे भाइटिका तिहार ।

तिहार भनेकाे चाहि सु सभ्य सु संस्कृति जविनकाे घाेतक हाे । त्यसबेला आफ्नै परिवारका सदस्यबीच याैन सम्बन्धकाे चलन थियाे । त्यस्ताे चलन राेक्दै दाजु भाइ र दिदिबहिनीबीच याैन सम्बन्ध हुनुहुँदैन भन्ने चलन अायाे ।

एकले अर्कालाइ पुजा गर्ने सम्बन्धकाे रूपमा या भनाैं  सु संस्कृति र सभ्य समाज निर्माण गर्न यसकाे विकास भएकाे देखिन्छ । एक दिन बहिनि यमुनाले दाइ  यम संग वैवाहिक जिवनमा बाधिंन प्रस्ताव गरिछन । याैन सम्बन्धमा जाने प्रस्तावले उविचलित हुन्छ । यमले बहिनिलाइ एउटै अामाबाट एकै समयमा जन्मेकाले हामिबीच  त्यस्ताे सम्बन्ध हुँदैन भनेर सम्झाउँछ । मान्छेकाे धर्म भनेकै नैतिकतामा छ ।

पछि यहि कुरा वेदमा लेखियो । वेद भनेकाे समाजका चालचलनलाइ लिपिवद्व गरेकाे कुरा हाे । त्यसबेला समाजमा हुने याैन जिवनलाई  सु व्यवस्थित गर्दै अाजकाे याे सभ्य समाज निर्माण भएकाे छ । पुर्वेली न्यूज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here