सरकारको विरोध गर्नकै लागि मास्क लगाउन थाले: प्रधानमन्त्री ओली

286

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले पछिल्लो समय सरकारको विरोध गर्नकै लागि मास्क लगाएर हिड्न थालेको जनाएका छन् ।

शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मास्क नलगाएर पनि हिड्न सकिने अवस्थामा आफ्नो र सरकारको विरोध गर्नकै माक्स नलगाउनेहरुले पनि माक्स लगाएर हिड्न थालेको जनाए।

‘म प्रधानमन्त्री हुँदा मास्क नलगाई हिड्न नसकिने अवस्था थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर अहिले मास्क नलगाए पनि हिड्न सकिने अवस्था छ ।’ साथै उनले सरकारको विरोधकै लागि मास्क लगाएर हिड्नाले स्वास्थ्यको लागि फाइदा हुने स्पष्ट पारे ।

कतिपयले मास्क लगाउन बिर्सिसकेको भएपनि आफूले बोलेपछि फेरि मास्क किनेर लगााउन थालेको उनले आरोप पनि लगाए । उनले पुरै काठमाडौंलाई धुलोमुक्त बनाउन सरकार लागि परेको जनाए ।

प्रधानमन्त्री ओलीले केहीदिनअघि एक औपचारिक कार्यक्रममा काठमाडौं उपत्यका आहिले मास्क लगाएर हिड्नुपर्ने अवस्था नरहेको जनाएका थिए । प्रधानमन्त्रीको भनाइको चर्को आलोचना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here