नुहाउनु अघि कपालमा तेल लगाउँदा सोचेको भन्दा बढी फाइदा

298

कपाल आकर्षक र बलियो बनाउने रहर प्राय सबै महिलालाई हुने गरेको पाइन्छ । कपाल स्वस्थ, आकर्षक र बलियो बनाउनको लागी के गर्ने भन्ने विषयको बारेमा थुप्रै जानकारी भएपनि कुन जानकारीलाई फलो गर्ने भन्ने दुबिधा छ ।

वातावरण प्रदुषण, मानसिक पिडाकोे कारणले गर्दा कपाल पातलो हुने, कपाल झर्ने, तालु खुइलिने लगायतका समस्या देखापर्दछ ।

सर्वप्रथम त कपाललाई स्वस्थ्य राख्न र झर्न नदिनको लागी पिडाबाट मुक्त हुन सक्नुपर्दछ । बाहिरी वातावरणमा हिड्नेलाई अत्याधिक धुलो, धुवाँ र प्रदुषणले अनुहारमा झै कपालमा पनि त्यस्तै असर देखाउँछ, त्यसैले बाहिर खुल्ला ठाउँमा हिड्दा कपाललाई छोपेर हिड्नुपर्दछ ।

कपाल आकर्षक र बलियो बनाउने चाहनाले गर्दा बजारमा केमिकल मिसिएको साम्रागी प्रयोग गर्नको लागी धेरै बाध्य भएका छन्, तर यसको प्रयोगको कारणले गर्दा केहि समयपछि साइड इफेक्ट देखापर्दछ, अत यस्ता सामाग्रीको प्रयोगबाट टाढै रहनुपर्दछ । कपाल झरेर धेरैको तालु खुइलिएको छ ।

यस्तो समस्याबाट बच्नको लागी तेल लगाएर मसाज गर्नुपर्दछ । समस्या परेपछि मात्र धेरैको बानी समस्या समधान गर्ने तर्फ लाग्ने हुन्छ । पछि पछुताउनु भन्दा पहिले नै यस्तो सर्तकता अपनाएमा तपाईको कपाल बाक्लो, आकर्षक र बलियो हुनेछ ।

  • कपाल नुहाउनु अघि जहिल्यै पनि १ वा २ घण्टा अघि तेल लगाएर मसाज गर्ने ।
  • तेल लगाउँदा मनतातो बनाएर मात्र लगाउने ।
  • तेल लगाउँदा कपाल नरम भएन भने नरम बनाउने तेलको प्रयोग गर्ने ।
  • जरै सम्म तेल लगाएर केहि समय मसाज गर्ने ।
  • कपालमा कलर छ भने कपाल सुख्खा हुन्छ, कपाल नरम बनाउँनको लागी तोरीको वा जैतुनको तेल लगाउने ।
  • धेरैनै सुख्खा कपाल छ भने नरिवको तेल लगाएर मजास गरी करिब ३ घण्टापछि मात्र नुहाउने ।

यस्ता उपायको साथमा कपाल चिसोपानीले मात्र नुहाउने गर्नुहोस् । तपाईको कपाल झर्ने समस्या, रुखो हुने समस्या आउदैन् र कपाल आर्कषक र बलियो हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here