ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जरको लागि सहमतीपत्रमा हस्ताक्षर

74

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडले आज मर्जरकोलागि  सहमतीपत्रमा हस्ताक्षर गरेका छन् ।

आज आयोजित कार्यक्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशब बहादुर रायमाझीले मर्जरका लागि सहमतीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ भने सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकालले नै निरन्तरता पाउनुहुनेछ । सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँचजना र दुई जना जनता बैंकबाट रहनुहुनेछ ।

त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्री रहने र बरिष्ठ डेपुटी सिइओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमती भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here