काभ्रेकी निशा राणा मगरको ११ वर्ष अगाडि साथीसँग खेल्ने क्रममा लडेर मुखमा गम्भीर चोट लागेको थियो । लामो समयको उपचार उनको घाउ ठिक त भयो तर, उनको मुख बन्द हुँदै गयो । हाल निशा १९ वर्षकी भईन । उनको परिवारले धेरै अस्पतालहरुमा देखाए तर, समस्या समाधान हुने कुनै आधार नपाएपछि अन्तिममा नेपाल मेडिकल कलेज जोरपार्टीको बरिष्ठ दन्तरोग विशेज्ञ डा. निरज पन्तलाई देखाए । उनको टोलीले निशाको उपचार सुरु गर्यो ।
ट्रमाको समस्याले क्रमश बन्द हुँदै गएको उनको मुख बोल्न र खानेकुराहरु निल्न नसक्ने अवस्थामा पुगेको थियो । चिकित्सकीय भाषामा त्यस्तो समस्यालाई यङ्कायोलोसिस भनिन्छ । दुर्लभ रुपमा हुने यस्तो समस्याको नेपालमा सहज समाधान गर्न सक्नु चुनौतीको विषय भएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । डा.पन्तका अनुसार उनको मुख खुल्दैन थियो, भित्र भित्र आवाज आउथ्यो, खानेकुरा झोलमात्रै निल्न सक्ने अवस्था थियो । उनको सोमबार सफलता पूर्वक शल्यक्रिया गरिएको छ ।
शल्यक्रियापछि बोल्न र नर्मल खानेकुरा खान नसक्ने अवस्थामा पुगेकी निशा नयाँ जीवन पाएकोमा दङ्ग छिन् । धेरै अस्पतालहरुमा देखाउँदा पनि निको हुँन नसकेको उनी अहिले आफु ठिक भएको जनाउँछिन् ।
उनको उपचार डा. निरज पन्त डा. कुशल बिम्व डा. अन्जनी भट्टराई र डा. सुमित कुमार सिंहले गरेका थिए । नयाँ पत्रिका

















