पुरुष वेश्याको पिडा

492

पाँच दिनमा ८ पटक सम्पर्क गरेपछी उनि म सँग भेट्न राजी भए तर मोवाईल , क्यामेरा , रेकडर् र ब्याग केही नलाने शर्तमा । दरबारमार्गको एक क्लब अघि मलाई उभिन भनियो । म तोकिएको समयमा क्लब पुगेको थिए तर त्यहाँ कोही थिएन । भर्खर साँझ पर्न लागेकाले क्लबमा चहलपहल न्यून प्राय थियो । सुमन हो ? अगाडी बाट आएको लिखुरे, झ्याप्ले केटाले म तर्फ औला तेर्साएर सोध्यो ।

हो , मैले भने !

हिड्नु भन्दै उ फर्कियो मैले उसलाई पच्छ्याए ।

एक जोडी लाजै पचाएर बाहिरै ‘मुसार्ने’ काम गर्दै थिए । म नदेखेझै गरेर केटाको पिछा गरिरहे  । उसले मलाई सिडी उकाल्दै माथी एउटा कोठामा पुर्यायो र बस्दै गर्नु भनेर त्यहाँ बाट हरायो् ।

तपाई जे काम गर्नुहुन्छ त्यसमा सन्तुष्ट हुनुहुन्छ ?

सोफामा मस्त ढल्किएर बसेको झन्डै ६ फिट अग्लो , अनुहार नपरेको तर मिलेको शरीर भएको केटोलाई मैले पहिलो प्रश्न सोधे ?

अक्मक्कीदै उ सिधा भयो र ठाडो उत्तर दियो ‘सन्तुष्ट नहुँदा किन गरिराख्नु ‘ ?

दोश्रो प्रश्न राख्नु अघि उसले रेडबुल र मैले कफी पिउने निदो गरे मेरो चाहानामा । दुई वर्ष अघि उ यहीँ हामी बसेको क्लबको बाउन्सर थियो । एकदिन एक महिलाले रातको १ बजे रक्सि धेर पिएर बमिट गरिछन् । पछी घर पुर्याईदिनु भन्न थालिन । गाडीको लाइसेन्स भएको उ मात्र थियो र त्यसैले पुर्याउने जिम्मा उसैको भयो । दरबारमार्ग बाट सानेपा पुगुन्जेल ति महिलाले उनको शरीरको विभिन्न स्थानमा स्पर्श गर्दा उनलाई गाडी चलाउन गाह्रो भएको थियो रे । जसोतसो घर पुर्याए अझ कोठा सम्म उनैले समातेर लगे र बेडमा राखे ।

बेहोसी महिला उनको छेउमा बसेकी थिइन् हात उनको तिघ्रामा राखेर । उनले आफू क्लब फर्कन ट्याक्सी भाडा मागे । अब भने महिला उठिन र एकोहोरो हेरिन ।

उनि रिसाइन् सम्झेर मैले पर्स बोक्न बिर्सेछु , पाँच सय भए पुग्छु उनले नम्र भएर भने ।

महिलाले हास्दै दराजबाट आधा बिटो पैसा निकालेर उनलाई दिईन् , उनि छक्क परे । शुरुमा समाएनन तर स्त्री र पैसाको अघि उनि झुके, पैसा गोजीमा राखेर हिड्न लागे । तर ति महिलाले उनलाई च्याप्प समातिन र खाटमा पल्टाइन । चल्न थालिन, चलाउन थालिन । उनले सम्झाउन खोजे , फुत्किन खोजे तर उनको केही लागेन अन्त्यमा उनि म्यामको तिर्खा मेट्न बाध्य भए ।

त्यो रात बिहान सम्म म्यामको रोजाईमा उनीहरु उफ्रिरहे । उठेर विदा माग्दा फेरी म्याम उनि सँग जिस्कन थालिन । कपडा खोलेर उनको अघि उभिईन् । उनि फेरी झुके क्लब बाट निस्केको करिब १८ घण्टा सम्म म्यामले उनलाई आफ्नो कब्जामा राखिन , आनन्द लिइरहिन्र तर उनको शरीर यता गलेको थियो पैसाको लोभले मैले चुपचाप म्यामको चाहना पुरा गरे ।

त्यही दिन बाट सुरु भयो उनको यो व्यवसाय ।

त्यसपछी दैनिक उनि म्यामको सेवामा हाजिर हुन्छ । राती १० बजे पछी बिहान ४ बजे सम्म उनले म्यामलाई समय दिएका छन् । म्यामको चाहानामा, रोजाईमा , म्यामले भने जसरी उनि प्यास मेट्दीन्छन् त्यो बापत मोटो रकम पनि लिन्छन ।

कति जनालाई सेवा दिनुहुन्छ उनि मौन भएपछी म सोध्छु ?

दिनै भेट्ने त म्यामलाई मात्र हो तर अरु पनि ८,१० जना हुनुहुन्छ उनि भन्छन ।

अरुलाई कसरी भेट्नु भयो ?

तपाईलाई मिडियाका मान्छे भेट्न गाह्रो हुन्न नि हैन । जब यसैलाई पेसा बनाए तब आफै नेटवर्क बन्यो उनि डिप्लोम्याटिक उत्तर दिन्छन् ।

यहीँ पेशामा जीवन बिताउने मन हो ?

कस्तो प्रश्न सोधेको उनि झर्किन्छन् म तत्कालै प्रश्नलाई सहज बनाउँछु ।

अरु केही व्यवसाय पनि गर्ने मन छ कि ?

यो वर्ष गाडी किन्दैछु अर्को वर्ष घर बनाउँछु अनि केही व्यवसाय थालेर सायद छोड्छु । मलाई यो पेशामा आएकोमा कुनै पछुतो छैन । तर लामो समय यो पेसामा रहन गाह्रो छ उनि भन्छन ।

किन गाह्रो म सोध्छु कपको कफी सेलाउन लागेकाले त्यता पनि ध्यान दिन्छु ।

म्यामहरुको तिर्खा मेट्न निकै तागत चाहिन्छ । ‘हतियार’ गतिलो भएर शरीर फिट हुनेहरु मात्र यो कर्ममा जम्न सक्ने उनि जनाउँछन् । म्यामहरु लामो समय यौनको मज्जा लिने धुनमा जुस वा रक्सीमा के के मिसाएर खुवाउनु हुन्छ । जसले स्वास्थ्यमा असर गर्दो रहेछ त्यो म अहिले बुझ्दैछु सुनाउँदा भने उनि अनुहार बिगार्छन ।

भनेपछि कहिले काहीँ हीनताबोध पनि हुन्छ ?

प्रत्येक पटकको उफ्राईमा शरीर भरी चिथोर्छन् , दाग शरीरमा भन्दा बढी आत्मामा बस्छ । कहिले काहीँ त अहिलेनै छोडौ जस्तो लाग्छ तर गाह्रो छ छोड्न ।

कसरी म जिज्ञासु हुन्छु ?

म्यामहरुले छोड्नु पर्यो नि उनि मुसुक्क मुस्कुराउँदै उत्तर दिन्छन् ।

कसरी कसरी आउँछन् यो पेशामा केटाहरु ?

रहर र कर दुवैले । कोही पैसा पाइने , मोजमस्ती पनि हुने धुनमा आउँछन् । कोही अरु केही गर्न नसकेर, काम नपाएर आउँछन् , कोही छिटो पैसा कमाउने धुनमा आउँछन् । सबै कुरा बाट हार खाएर मन नहुँदा नहुँदै आउने पनि धेरै छन् ।

तपाईको दैनिकी कसरी बित्छ ?

५ बजे उठ्छु , नियमित ब्रेकफास्ट खान्छु , जिम गर्छु अघिल्लो दिन नै थाहा हुन्छ आज कत्ति जना म्यामहरुलाई समय दिएको छु । त्यसै अनुसार बाहिर निस्कन्छु । कहिलेकाहीँ ५ जना सम्म म्यामहरुलाई सन्तुष्ट पार्नु पर्दा बेलुका मेरो शरीर र मन दुवै ठेगानमा हुँदैन । अनि नशाको सहारामा निदाउँछु ।

ग्राहक को को हुन् तपाईहरुको ?

यो त भन्ने कुरा भएन तर जसका बुढा घरमा छैनन्, भए पनि सन्तुष्ट बनाउन सक्दैनन्, डिभोर्स भएको छ अनि उनीहरु सँग प्रसस्त पैसा पनि छ भने उनीहरुले केटाहरुलाई वेश्या बनाउँछन् । यत्ति भनेर उनि मोवाईल निकाल्छन् फोन आएछ । म आईहाले सरी म्याम भन्दै उनि उठ्छन । एकछिन बस्न मिल्दैन म भन्छु । भयो अहिले टाईम छैन भन्दै निस्किन खोज्छन् । म पनि उठ्छु अलि परतिर पुगेर तिमीले लुकेर रेकड त गरेनौ ? उनि धम्कीको स्वरमा सोध्छन् ।

चाहेको भए सक्थे तर गरिन भन्दै म पनि सिडी ओर्लिन्छु । के के लेख्छौं इन्टरनेटमा राख्नु अगी मलाई देखाउ निर्देशनको शैलीमा उनि बोल्छन् । लेखिसकेर भेटौ न् त म भन्छु ।

फोन गर्नु भनेर उनि बुलेट बाईकमा हुइकिन्छन् ।

कालो फिटिङ टि सर्ट र सेतो पाइन्टमा रहेका उनको छाती माथी उठेको थियो , कसिलो ज्यान भएका उनि ठियाक्कै भन्दा फिल्मको नायक जस्तो नभएर गुण्डा जस्तो देखिन्थे । उनि सँग मात्र कुरा गरेर स्टोरी प्रकाशित् गर्नु एउटा कोणबाट मात्र हेरेको ठहरिन्थ्यो । त्यसैले मैले अरु अनुसन्धान पनि गर्ने निदो गरे । उनि सँग बाँकी कुरा अर्को भेटमा गर्छु सोचे ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा करिब २५ हजार पुरुष यौनकर्मी वा ‘जिगोलो’ छन् । जो काठमाडौं , पोखरा , धरान , विराटनगर लगायतका ठाउँमा सक्रिय छन् । धेरैजसो भने काठमाडौंमै बस्छन् । ३५ देखी ४० वर्ष समुहका महिलाहरुले धेरै पुरुष यौनकर्मीको प्रयोग गरेको पाईन्छ । धनाढ्य परिवारका महिलाहरुले श्रीमान बाट यौन सुख प्राप्त नहुँदा वेश्या पुरुषको प्रयोग गरेका छन् । विशेष गरी लाहुरेका श्रीमती , धनाढ्य वर्गका महिला , वैदेशिक रोजगारमा गएका पुरुषका श्रीमती , श्रीमानले छाडेका महिला पुरुष यौन व्यवसायीका दरिला ग्राहक हुन् ।

विशेष गरी महीलाहरु मनोरन्जन क्षेत्रमा सक्रिय युवाहरुलाई आफ्नो सेक्स पार्टनर बनाउन बढी रुचि देखाउँछन् । पछिल्लो समय पुरुष यौनकर्मीहरुले सामाजिक संजाल बाट एकल महिला , वैदेशीक रोजगारमा गएका पुरुषका श्रीमतीहरुलाई मायाजाल बिछ्याएर यौन चाहाना पुरा गर्दिने बहानामा धनसम्पत्ति लुट्ने गरेका घट्नाहरु पनि बाहिर आउन थालेका छन् ।

पुरुष यौनकर्मीको कमाई महिनामा झन्डै ५० हजार हुन्छ ।

यो सबै तयार गरेपछी मैले उनलाई पुन भेट्न मन गरे उनले यो पटक भाउ नखाई हुन्छ भने । मैले सुरुमै यो पढेरै आउनु होला भनेर मेल गर्दिए । दोश्रो पटक भेट्न जाँदा उनले ‘एटिटयूड’ देखाएनन् । म पुग्दा जुरुक्क उठेर हात मिलाए । मलाई त कथा पढे जस्तो लाग्यो उनि खुसी भएर सुनाउँछन्, म हास्छु मात्र । तिमीलाई मैले हप्काए पनि है उनि भन्छन् म अझै केही बोल्दिन ।

बिहे कहिले गर्नु हुन्छ नि ? म सोध्छु ।

गर्लफ्रेन्ड छिन् ,अब चाडै ।

उनलाई थाहा छ यो कुरारु

कहाँ थाहा हुनु ? केटीहरु आफ्नो ब्याईफ्रेन्ड अरु केटी सँग गफ गरेको त मन पराउँदैनन् अझ यस्तो कुरा ।

यो व्यवसायमा लाग्नेहरु विवाहित बढी छन् कि अविवाहित ?

अविवाहित, तर म्यामहरु चाहीँ सबै विवाहित हुनुहुन्छ ।

तपाईलाई मैले वेश्या पुरुष भन्दा कस्तो फिल गर्नुहुन्छ ? म आखिरी प्रश्न राख्छु ।

उनि एकछिन रोकिन्छन्, बोल्छन कि सोचेको केही उत्तर दिंदैनन् । हीनताबोध देखिन्छ अनुहारमा । मौनताले स्वीकृति जनाउँछ सायद त्यस्तै होला सम्झेर म विदा हुन खोज्छु ।

हस् राजन जी म जान्छु समय दिनु भयो, आफ्नो कुरा सुनाउनु भयो धेरै धेरै धन्यवाद ।

मलाई पनि खुसी लाग्यो कसैलाई नसुनाको कुरा सेयर गर्न पाए । एभरेष्टट डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here