साफ यु १७ महिला नेपाली टिम स्वदेश फर्कियो

34

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ यु १७ महिला च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्किएको छ।

ढाकामा सम्पन्न प्रतियोगितामा पहिलो पटक सहभागी टिम रुस च्याम्पियन बनेको थियो। पाँच टिम सहभागी प्रतियोगितामा नेपाल चौथो भएको थियो।

राउन्ड रोबिन लिग पद्धतिमा सम्पन्न प्रतियोगिताका सबै खेलमा जित निकालेको रुस १२ अंकसहित च्याम्पियन बन्यो।

यस्तै, दोस्रो स्थानको बंगलादेशले चार खेलबाट सात, भारतले ६ र नेपालले चार अंक जोडेका थिए। पाँचौं स्थानमा सीमित बनेको भुटान जित तथा अंकविहीन रह्यो।

बिहीबार करिब १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश साहले स्वागत गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here