गजलकार निश्चलको गजल सङ्ग्रह ‘पद्मिनी’ सार्वजनिक

315

गजलकार निश्चल पि एस द्वारा लिखित गजल सङ्ग्रह ‘सिसिफस जीवन’ भित्रको प्रथम गजल एल्बम, ‘पद्मिनी’ राजधानीमा सार्वजनिक गरिएको छ ।

 गत सोमबार एक कार्यक्रमकाबीच वरिष्ठ गीतकार गजलकार प्रा।डा।कृष्णहरि बराल, बरिष्ठ सङ्गीतकार शक्ति बल्लभ, बरिष्ठ गीतकार चुणामणी देवकोटा र वरिष्ठ गीतकार समालोचक सन्चारकर्मी चित्रकार रमेश पौडेल र पुर्वमिस नेपाल सुबिन लिम्बुले संयुक्त रुपमा यो सङ्ग्रह सार्वजनिक गर्नुभएको हो ।

सङ्ग्रह सार्वजनिक गरेपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि डा। कृष्णहरि बरालले गजलकार निश्चल पि एस को व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभएको थियो । निश्चलले लेखेका गीतमा पृथक्ता पस्कने कोशिस गरेको बरालले जनाउनुभयो ।

बरिष्ठ सङ्गीतकार शक्ति बल्लभ, बरिष्ठ गीतकार चुणामणी देवकोटा र बरिष्ठ गीतकार समालोचक सन्चारकर्मी चित्रकार रमेश पौडेल र पुर्वमिस नेपाल सुबिन लिम्बुले गजल सुन्दा आनन्द लाग्ने खालका रहेको भन्दै गजलकार निश्चल र संलग्न सबै सर्जकस्रष्टा लाइ बधाई तथा शुभकामना दिनुभएको थियो ।

‘पद्मीनी’मा अञ्जु पन्तको स्वर र हरि लम्सालको सङ्गीतमा ‘कहाँ कहाँ खोजे तिमीलाई….’, स्वरुपराज आचार्यको स्वर र महेश खड्काको सङ्गीतमा ‘टुटनु नाता टुटेपछि…’, दीपक लिम्बुको स्वर र गैरे सुरेशको सङ्गीतमा ‘जब तिम्रो साथ हुन्छ…’, ताराप्रकाश लिम्बुको स्वर र सङ्गीतमा ‘तिम्रो मनको बगैंचामा…’, निरा रानाभाटको स्वर र गैरे शुरेसको सङ्गीतमा ‘म रुँदिन भन्छु…’, सुनिता थेगिमको स्वर र ताराप्रकाश लिम्बुको सङ्गीतमा ‘हिजोआज किन…’ जस्ता ६ ओटा गजल सङ्ग्रहीत छन् ।

एल्बममा भएका गजलमा महाराज थापा, विष्णु अधिकारी, आमोश तामाङ, फणिन्द्र राई र शाहस शाक्यको एरेञ्ज रहेको छ।

उक्त अवसरमा एल्बममा रहेको गजल गीत ‘कहाँ कहाँ खोजे तिमीलाई नखोजेको शहर छैन, हरपल सम्झे तिमीलाई नसम्झेको प्रहर छैन’को भिडियो पनि बिमोचन गरि प्रस्तुत गरिएको थियो ।

पद्मिनी, यस गजलसङ्ग्रहकी सुत्रधार, केन्द्र विन्दु, नायिका, एक काल्पनिक पात्र मात्रै भएको सर्जक पि एस को भनाइ छ ।
तेह्रथुम जिल्लामा जन्मिएका निश्चल पि एस हाल दुबईमा वयवसाय गर्दै आउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here